सुचना, समाचार र मनोरन्जन

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद ६३ हजारभन्दा बढी बरामद

पोखरा,

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका वैशाख १४ गते साँझ करिब ६ बजे कास्कीको पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गा बसपार्कस्थित स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

Chaka Panja

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले उक्त स्थानमा जुवातास खेल्ने तथा खेलाउने आठ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट नगद ६३ हजार ३२० रुपैयाँ र चार बुक तास बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा १० दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.