सुचना, समाचार र मनोरन्जन

पोखरामा लागूऔषधसहित एक जना पक्राउ, ३४५ एम्पुल बरामद

पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सोमबार साँझ करिब ६ः५० बजे पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानी क्षेत्रमा लागूऔषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा संयुक्त प्रहरी टोली खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं २७ तालचोकस्थित ग ७ प ७२४१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानी बस्ने २९ वर्षीय भरत घिसिङको साथबाट डाइजोपाम ११५ एम्पुल, फेनारगन ११५ एम्पुल र बुप्रेनोर्फिन ११५ एम्पुल गरी जम्मा ३४५ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। साथै एक थान मोबाइल फोन र नगद १ हजार रुपैयाँसमेत बरामद गरिएको छ।

प्रहरीले घिसिङलाई मोटरसाइकलसहित पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा सात दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.