सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको भाउ घट्दो क्रममा

बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । हिजो सुनको भाउ ३ हजार घटेको थियो भने मंगलबार पनि ३ हजार घटेको थियो । समग्र तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.