
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- काखमा बालक र पैतालाबाट रगत: ‘सारथी’को प्रोमोमा गम्भीर अवतारमा देखिइन् निरुता सिंह
- सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, मङ्सिर ४ गते नेपाली भाषामै विश्वव्यापी प्रदर्शन हुँदै
- ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ को भव्य समारोह: कसले कुन अवार्ड जिते? (सूचीसहित)
- विपना, वर्षा र महेशको मुख्य अभिनय रहने फिल्म ‘बाकस’को औपचारिक घोषणा
- ‘बाटुलो जून’को टिजर र गीत दुवै ट्रेण्डिङको शीर्ष स्थानमा
- ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक: मैया बनेकी सिर्जनासँग काजीको विवाह, कथामा ठूलो ट्विस्ट!
- विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
- पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ: मन्त्री पौडेल
- परम्परागत आतिथ्यदेखि डिजिटल बजारसम्मः पोखराका महिला उद्यमीले लिए एआई तालिम
- पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’
काठमाडौँ,
परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ ।
मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो । “कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ”, उहाँले भन्नुभयो ।

चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख २० गते नै सार्वजनिक गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ । नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य १८१६ को सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटकपटक स्मरण गराउँदै आएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।