कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं १७ रामदर्शन टोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ।
मिति २०८३ वैशाख २६ गते साँझ करिब ८ बजे जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद रु। ५९ हजार ५ सहित २१२ पत्ती तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत “जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने” मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।