Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा अर्को गाउँ पसे दयाहाङ
- ‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज
- निखिलको दमदार एक्सनले भरिएको ‘आचार्य’को टिजरको चर्चा
- बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै ३५ दिनमा सुटिङ सकियो ‘तिरिमिरी झ्याइँ’को
- गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने
- सुटिङ चल्दा चल्दै ६ देशमा विक्री भयो पल शाहको ‘यानीमाया’
- फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी
- ६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन
- पोखरा–दुबई उडान दिगा बनाउन पर्यटन व्यवसायीको अग्रसरता
- बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा
आज मिथिलामा ‘वटसावित्री’ पर्व मनाइँदै
महोत्तरी,
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।
वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी ९मिथिलाका महिला० आआफ्ना बस्तीका वटवृक्ष ९वरको रुख० नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रुपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।
सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा बर्तालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।
बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउनुहुन्छ ।
सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।
साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । प्राचीन पर्व संस्कृतिको जगेर्नासँगै यो पर्व आपसी भेटघाट र सँगसाथ खुलेर कुराकानी गर्ने अवसर पनि भएको बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुर बताउनुहुन्छ ।
मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ । पर्वले सांस्कृतिक एकता र परम्पराको जगेर्नाको सन्देश दिने उहाँको भनाइ छ ।