सुचना, समाचार र मनोरन्जन

सोमको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

काठमाडौं :

गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन्। लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन,संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ।

गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको र समयसँगै त्यो रङ्गीन फोटो सादा हुँदै गएको प्रसंगलाई निकै घतलाग्दो गरी प्रस्तुत गरिएको छ। ‘रङ्गीन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो..” भन्ने बोलमार्फत प्रेमीको निष्कपट प्रेम र समर्पणलाई व्यक्त गरिएको छ। गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत जुगल डंगोलको संगीत संयोजन छ।

गीतको भिडियोमा सुरेश कोली र रश्मी गुरुङको अभिनय छ। उनलाई बाल कलाकार काफिया प्रिले साथ दिएका छन्। भिडियोको सुरुवातमै सारङ्गीको मधुर धुन र परम्परागत नेपाली भेषभूषामा सजिएका कलाकारहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गर्छ। पहाडको थुम्को, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई निकै जीवन्त बनाएको छ।

निर्देशन अनुभवी निर्देशक समन अधिकारीले गरेका हुन्। भिडियोमा नेपाली मौलिक कला र संस्कृतिलाई आधुनिक सिनेम्याटिक शैलीमा खिचिएको छ।

Leave A Reply

Your email address will not be published.