Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
- डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन
- ‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान
- आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर
- भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली
- दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो
- ‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय
- बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
- नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीविरुद्ध व्यवसायी एकजुट, आन्दोलनको चेतावनी
- कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध
म्याग्दी,
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । दुईतर्फको पहिरोको बीच भागमा चार वटा गाडी फसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो ।
सुरक्षाकर्मीको टोलीले पहिरोका बीचमा फसेका यात्रुहरूको उद्धार गरेर सुरक्षित ठाउँमा लगेको उहाँले बताउनुभयो । सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर पहिरोमा फसेका गाडी निकाल्न र अवरुद्ध सडक खुलाउन उपकरण परिचालन भएका छन् । पानी परिरहेका र पहिरो खसिरहेकाले गाडी निकाल्ने र अवरुद्ध सडक खुलाउन जोखिम रहेको छ ।
सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने–आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् ।