सुचना, समाचार र मनोरन्जन

नेकपाका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

काठमाडौँ,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता रहेको छ ।

भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्दै अहिलेसम्म भएका प्रगतिको समीक्षा, वस्तुनिष्ठ अवस्था बुझेर अघि बढ्नुपर्ने बताए ।

जनप्रतिनिधिहरू जनताको सुखदुखको प्रत्यक्ष अभिभावक भएकाले प्रत्यक्ष सेवालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । साथै, उनले पुराना कमीकमजोरीलाई सच्चाइ नयाँ पुस्तालाई समेत साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण भेला बिहीबार संयोजक प्रचण्डले सम्बोधन गरि समापन हुने नेकपाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.