Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निमा रुम्बा र रामकृष्ण ढकालले गरे ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’को शुभारम्भ
- बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले
- विद्यार्थीको रोजाइमा ‘रोल नं १’: बाल मनोविज्ञान र शैक्षिक प्रणालीमाथि उठाइयो प्रश्न
- नवनिर्वाचित कलाकार संघलाई थुम्की रिसोर्टमा भव्य सम्मान, पेसागत सुरक्षाका लागि अध्यक्ष केसीको प्रतिबद्धता
- ‘आ बाट आमा २’मा मलिकाको इन्ट्री,पल शाहको जोडी कि आकाशको?
- प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
- वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
- विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
- विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह
- बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले
काठमाडौँ,
अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो ।
“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो ।
अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताउनुभयो । “भूकम्प अगाडि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो”, उहाँले भन्नुभयो, “भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो ।”
सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।