सुचना, समाचार र मनोरन्जन

संसद्‍मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौँ,

सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ।व। २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.