Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व मुटु दिवसमा कलाकार र डाक्टरहरूबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता
- भव्यतापूर्वक मनाइयो गीतकार सङ्घको वार्षिकोत्सव,निर शाह सहित ६ जनालाई सम्मान र पुरस्कार
- सुशील र न्यान्सी अभिनित ‘अक्षरा’ शुक्रबार रिलिज हुँदै, उग्रसेन र सुग्रसेनको लगानी
- मंसिर १७ मा आउँदै रेखा र पूजाको ‘छत्तीसको आँकडा’, निरुताको जन्मदिनमा घोषणा
- सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि गान्तोकमा नेपथ्यको कन्सर्ट, चिफ पेट्रोनमा सञ्जित खरेल
- विजय बरालको अनौठो लुक्ससहित पोस्टर रिलिज गर्दै चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा
- पल, मलिका र आकाशको ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ धमाकेदार नृत्य
- हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु
- यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु
- दशैँ महोत्सव सफल बनाउन पोखराका पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
चितवन,
रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट रु नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो ।
महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनुभयो । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।
ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।
धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।