सुचना, समाचार र मनोरन्जन

एघार महिनामा सकियो खगेन्द्र र सुरक्षा अभिनित ‘क्याप्टेन साब’

काठमाडौं :

चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।

पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो। दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।

दीपेन्द्र के खनालले निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन्। चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्। दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो दोस्रोपटक सहकार्य हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।

यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

Leave A Reply

Your email address will not be published.