Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
तनहुँ,
तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन् । आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन् ।
उहाँका अनुसार जिल्लाका दशवटै पालिकाका ८५ वटै वडालाई यसअघि नै पूर्णखोप वडा घोषणा गरिसकिएको छ । अब केही दिनभित्रै तनहुँ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उहाँले बताउनुभयो । पालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप अभियानले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ । जिल्लाभर खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइँदै लगिने जनाइएको छ ।