काठमाडौं :
दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक भएको छ। गायक अमृत भारतीको शब्द,अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ।
अभिनेता दिनेश केसी पछिल्लो समय कलाकारिता भन्दा पनि गायनमा बढी देखिन थालेका छन्। केही समय पहिले दोलखा जिल्लाको महत्वपूर्ण स्थानहरुलाई समेटेर जिल्लाको परिचयात्मक गीत बनाएका केसी नेपाल भित्र रहेका अधिकांस देवास्थानहरुको वर्णन गरिएको अति नै महत्वपूर्ण र सन्देशमूलक गीत दर्शक श्रोता माझ पस्कने तयारीमा छन्। उनले सार्वजनिक गरेका ‘नलेउ छट्पटी घुम्नलाई लैजान्छु दोलखा सिङ्गटी’ को भिडियोममा जनकबहादुर खत्री, मिन कुमारी खत्री र दिनेश केसी देखिएका छन् भने निर्देशन लिगेश भट्टराईको छ ।