सुचना, समाचार र मनोरन्जन

त्रिशूलीमा बाढीले नाघ्यो खतराको तह

काठमाडौँ,

रसुवाको भोटेकोशीमा आएको भीषण बाढी।
बाढी पूर्वानुमान महाशाखाले तटीय तथा डुबान जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको तह पार गरिसकेको छ र यो अझै तीव्र रूपमा बढ्दो क्रममा रहेको छ।

Chaka Panja

नदीमा पानीको बहाव खतरनाक रूपमा बढेपछि महाशाखाले तटीय तथा डुबान जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ। भदौ १० गते बिहान ११: ४३ बजे महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ।’

जलसतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रमा डुबान र थप क्षति हुन सक्ने भन्दै महाशाखाले जोड दिएको छ, ‘बढ्दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’

Leave A Reply

Your email address will not be published.