काठमाडौं,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स.प.ना संवाद कार्यक्रम अन्तर्गत नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा विषयमा एक अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ए।टि।सि। अधिकृत सुवर्णराज भट्टराई ले कार्यपत्र प्रस्तुत गर्दै नेपालको हवाई क्षेत्रको वर्तमान अवस्था, आर्थिक स्थायित्वका चुनौती तथा सुरक्षित र दिगो हवाई सेवा प्रवर्द्धनका विविध पक्षबारे आफ्नो प्रस्तुति राख्नुभएको थियो।
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल, नेपाल एअरलाइन्सका निमित्त महाप्रबन्धक जनकराज कालाखेती, ब्इब्ल् का अध्यक्ष प्रतापजङ्ग पाण्डे तथा नागरिक उड्डयन क्षेत्रका विज्ञ राम प्रसाद कोइराला ले प्यानलिस्टका रूपमा सहभागी भई नेपालको नागरिक उड्डयन क्षेत्रको आर्थिक सुदृढीकरण, सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, संस्थागत सुधार तथा भविष्यका सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल गनेस तथा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला को समुपस्थिति रहेको थियो।
छलफलमा सहभागीहरूले नेपालको हवाई क्षेत्रलाई आर्थिक रूपमा दिगो, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुकूल बनाउन सरकार, नियामक निकाय र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।