Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी
- एनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा
- ‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ
- असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने
- पोखरामा ‘रोजगार मेला–२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर
- नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
- जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
- नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा विषयमा छलफल
- विश्वकप २०२६: फ्रान्स र स्वीडेन पहिलो पटक आमनेसामने हुँदै
- ट्रक व्यवसायीलाई राहतः रुट इजाजतमा दोहोरो व्यवस्था बदर
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
जुम्ला,
जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो ।
जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र सङ्ख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।