काठमाडौं :
लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ ।
हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। भिडियोको छायांकन सम्पन्न गर्न करिब ७ महिना लागेको निर्माण पक्षले जनाएको छ।