
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी
- पोउवा संघको कार्यसमितिमा डिल्लीराज र तुलबहादुर मनोनित
- ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुल्यो, सेन्सर बाट पाएको ‘पीजी’ सर्टिफिकेट
- ‘छ माया छपक्कै २’को ट्रेलरलाई दर्शकको उच्च साथ, कमेन्टमा प्रशंसाको ओइरो
- रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने
- ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक: प्रमुख पात्र र कथावस्तु रहस्यमयी
- मानव अधिकार आयोगका कार्यालय दसैँ बिदामा पनि खुला रहने
- जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा शनिबार १० किलोमिटर खुल्ला दौड प्रतियोगिता हुने
- भदौमा दुई खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
- दसैँसँगै बाँचेका गुणबहादुरहरू
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
झापा : काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ भने डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।
उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ ।