पोखरा :
पोखरा महानगरपालिका गैह्रापाटनस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ।
आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा डाँफे सदनका आमोश परियार कक्षा ८ (ग), प्रतिमा विष्ट कक्षा ७ (ग), स्वस्तिका खड्का कक्षा ७ (ख) र बिप्सन खनाल कक्षा ६ (क) को समूह प्रथम भएका छन् । त्यस्तै यती सदनका ग्रेसी गुरुङ कक्षा ८ (ग), रेगन पुन कक्षा ८ ( ग), रबिना महतरा कक्षा ७ (ग) र दिप्सन आचार्य कक्षा ६ (क) को समूह द्वितीय भएका छन्।
शिक्षकहरू दिपक के.सी. र उमा पोख्रेल निर्णायक रहेको कार्यक्रममा भुवन गुरुङ, मनिष पौडेल र समिक्षा अर्यालको प्राविधिक सहयोग रहेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापाले नेपाली भाषामा शुद्धताको ख्याल गर्दै अध्ययन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली हिज्जे कार्यक्रम आयोजना गरिएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।