सुचना, समाचार र मनोरन्जन

भलिबलकै बारेमा बनाइयो पहिलो नेपाली गीत,चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’

काठमाडौं :

चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो। यसरी भलिबलकै बारेमा सम्भवतः बनाइएको यो पहिलो नेपाली गीत हो। सार्वजनिक गीतमा मोहन केसीको शब्द, दीपक शमाको संगीत छ । स्वर प्रमोद खरेल र रचना रिमालको छ।

भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत बनेको छ। भलिबल खेलेरै देश चिनाउँछु र आफू पनि चिनिन्छु भन्ने मर्म बोकेको गीत मुख्यतः खेलाडीहरूप्रति समर्पित छ। खेलका लागि त्याग र तपस्या गर्ने खेलाडीको सम्मानका लागि तयार गीत भलिबलको राष्ट्रिय गीत बनाउन नै योग्य छ।

भिडियोले गीतमा प्राण भरेको छ । भलिबलप्रति खेलाडीले देखाएको समपर्ण, राम्रो खेलाडी बन्न गरेको अभ्यास र प्रतियोगिता तथा भलिबलप्रति रहेको आकर्षणले गीतलाई उत्कृष्ट बनाएको छ। हिमाली र उच्च पहाडी गाउँमा भलिबलप्रति रहेको आकर्षणलाई गीतले प्रस्ट पारेको छ।गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका सुन्दर क्षेत्रहरूलाई सुन्दर ढंगले खिचिएको छ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ। चलचित्रको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ।

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्।राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसरका रूपमा रहेका छन्।

चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन्। विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको छ।

Leave A Reply

Your email address will not be published.