काठमाडौँ,
सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।
वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ।
साथै, मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेको छ।