सुचना, समाचार र मनोरन्जन

बाढीपीडितको साथमा जय श्री फुड्सः २५ लाख नगद र ५ हजार प्याकेट चिउरा सहयोग

पोखरा,

बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले जय श्री फुड्स प्रालिले रु. २५ लाख नगदसहित खाद्य सामग्री सहयोग गर्ने घोषणा गरेको छ।

गैंडाकोट–९, नवलपुर (सुस्तापूर्व) मा रहेको कम्पनीले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। २५ लाख उपलब्ध गराउने जनाएको हो। उक्त रकम नेपाल एसबिआई बैंकमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नगद सहयोगसँगै कम्पनीले बाढी प्रभावित नागरिकका लागि तत्काल आवश्यक खाद्य सामग्रीसमेत उपलब्ध गराउने भएको छ। कम्पनीद्वारा उत्पादित १ किलोका ५ हजार प्याकेट चिउरा सम्बन्धित निकायले तोकेको स्थानमा उपलब्ध गराइने जनाइएको छ।

विपत्तिको समयमा राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रले सहकार्य गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। जय श्री फुड्सको यो पहलले संकटमा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद्को सामना सरकारको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक रहेको कम्पनीको सहयोगले सकारात्मक सन्देश दिएको छ।

जय श्री फुड्सको यो सहयोगले बाढीपीडितप्रतिको मानवीय संवेदनासँगै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ। संकटको घडीमा उद्योगी–व्यवसायी तथा संघसंस्थालाई आफ्नो क्षमताअनुसार सहयोगमा जुट्न यस प्रकारका पहलले प्रेरणा दिने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.