सुचना, समाचार र मनोरन्जन

‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी बनाउँदै सुजल डेरी

पोखरा,

नेपालको डेरी उद्योगमा गुणस्तर, स्वाद र विश्वासको पहिचान बनाएको सुजल डेरी प्रा.लि. ले आफ्नो लोकप्रिय ‘सफलमै छ असली स्वाद’ अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने भएको छ।

दैनिक खानपानदेखि विशेष परिकारसम्म स्वादलाई उत्कृष्ट बनाउन आवश्यक पर्ने गुणस्तरीय दुग्धजन्य सामग्रीलाई एउटै समूहमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले ‘सफल कुइजिन लाइन (Safal Cuisine Line)’ मार्फत आफ्नो उत्पादन पोर्टफोलियोलाई थप सशक्त बनाएको जनाएको छ।

सफल कुइजिन लाइनअन्तर्गत सफल फ्रेस पनीर, सफल डेरी घ्यू, सफल बटर, सफल नौनी र सफल क्रिम उपलब्ध छन्। यी उत्पादनको प्रयोगबाट घरमै सेलरोटी लगायतका परम्परागत नेपाली परिकारदेखि पनीर बटर मसालाजस्ता विभिन्न विशेष परिकारसमेत तयार गर्न सकिने कम्पनीले जनाएको छ।

घरायसी भान्सादेखि रेस्टुरेन्ट तथा व्यावसायिक किचेनसम्म प्रयोग गर्न सकिने यी उत्पादनले खाना पकाउने प्रक्रियालाई सहज बनाउँदै परिकारको स्वाद, बनावट र समग्र पाक अनुभवलाई थप उत्कृष्ट बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ।

गुणस्तरीय दूधबाट उत्पादन गरिएका सफल कुइजिन लाइनका सामग्रीहरू देशभरका सुपरमार्केट, मार्ट तथा नजिकका पसलहरूमा सहज रूपमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ।

कम्पनीका अनुसार सुजल डेरीले ISO 22000:2018 प्रमाणपत्र प्राप्त गरेको छ। खाद्य सुरक्षा तथा गुणस्तरप्रतिको कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्ने महत्वपूर्ण आधारका रूपमा उक्त प्रमाणपत्रलाई लिइएको छ।

‘सफलमै छ असली स्वाद’ भन्ने मूल सन्देशसहित सुजल डेरीले सफल कुइजिन लाइनका उत्पादनमार्फत नेपाली उपभोक्ताको दैनिक खानपानलाई थप स्वादिष्ट बनाउन खोजेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.