सुचना, समाचार र मनोरन्जन

नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो

नुवाकोट,

भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए ।

बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।

शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले बताए ।

Leave A Reply

Your email address will not be published.