सुचना, समाचार र मनोरन्जन

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’ को २९ टन खाद्य सामग्री

काठमाडौँ,

‘विश्व खाद्य कार्यक्रम’ बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।

ती खाद्यान्न गाडीमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ ।

विपद‍्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको हो । कृषिमन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.