Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार
- ‘अब पालो युवाको’ : व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात
- बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोग लिएर पुगिन अक्षराकी न्यान्सी खड्का
- गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी
- पोखरा-दुबई हवाई सेवा प्रवर्द्धन गर्न महानगर र फ्लाई दुबईबीच समझदारी
- प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित
- गण्डकी मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग
- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन
प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित
काठमाडौँ,
प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रस्ताव राख्दै उहाँले विपद्बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभयो । साथै उहाँले घाइते नागरिकको श्रीघ स्वास्थ्य लाभको कामना गर्नुभयो ।
सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशिल हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै यसले नेपालका हिमनदी र हिमतालमा परिवर्तन भइरहेको बताउनुभयो । सभामुख अर्यालले जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तरराष्ट्रियस्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक रहेकामा जोड दिनुभयो ।
जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तरराष्ट्रिय बहसमा नेपालले अझ स्पष्ट र बलियो रूपमा उठाउन उहाँले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । “रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ । विपद्पछिको व्यवस्थापनमात्र हैन पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ । हिमताल र हिमनदीको नियमित अनुगमन प्राथमिकतामा राख्नुपर्दछ”, उहाँले भन्नुभयो ।
सभामुुख अर्यालले तीनै तहका सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सरकारका सम्पूर्ण संयन्त्र एवं स्रोत परिचालन गरी उद्धारलाई तीव्रता दिन र विस्थापित नागरिकलाई पुनःस्थापना गर्न आग्रह गर्नुभयो । भोटेकोशी बाढीको विपद्मा परी दिवङ्गत हुनुभएका नागरिकको आत्माको चीर शान्तिको कामना गर्दै बैठकमा एक मिनेट उभिएर मौन धारण गरिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते दिउँसो १ः०० बजे बस्नेछ ।