सुचना, समाचार र मनोरन्जन

पोखरामा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स सामानको स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा

पोखरा, 
पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोनित बुद्धचार्य र संकल्प शाक्यको व्यवस्थापन तथा ‘इलेक्ट्रो गृह’ को सहकार्यमा यो नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

बजारमा बढ्दै गएको गुणस्तरीय घरायसी तथा इलेक्ट्रोनिक्स सामानको मागलाई सम्बोधन गर्न विश्वस्तरीय ब्रान्डहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो शोरुम स्थापना गरिएको सञ्चालकहरूले जनाएका छन्।


यस स्टोरमा सामसुङ, प्यानसोनिक, यासुदा, अकारीटेक, सान्सुई, प्रेस्टिज, हकिन्स, बजाज र सिम्फोनी जस्ता विश्वप्रसिद्ध  अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्ट टिभी, फ्रिज, वाशिङ मेसिन, एसी तथा भान्सामा प्रयोग हुने आधुनिक सामाग्रीहरू उपलब्ध गराइएको छ।

नयाँ शाखा सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष ओपनिङ अफरहरू समेत सार्वजनिक गरिएको छ। जसअन्तर्गत ५०,००० रुपैयाँभन्दा बढीको खरिद गर्ने पहिलो २५ जना ग्राहकहरूलाई उपहारस्वरूप चाँदीको सिक्का प्रदान गरिनेछ। ग्राहकको आर्थिक सहजताका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई अर्थात् किस्ताबन्दीको सुविधा र पुराना इलेक्ट्रोनिक्स सामान ल्याएर नयाँ सामान लैजान मिल्ने आकर्षक एक्सचेन्ज अफर समेत राखिएको छ। यसका साथै शोरुमबाट खरिद गरिएका सामानहरूमा ग्राहकले निस्शुल्क डेलिभरी र जडानको सेवा समेत पाउनेछन्।

विश्वस्तरीय प्रविधि र सेवालाई पोखरेली ग्राहकमाझ पुर्‍याउने प्रतिबद्धताका साथ सुरु भएको यस स्टोरले पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूलाई ढुक्क भएर सामान खरिद गर्ने उत्कृष्ट वातावरण प्रदान गर्ने सञ्चालक सोनित बुद्धचार्यले विश्वास व्यक्त गर्नुभयो।

 

 

Leave A Reply

Your email address will not be published.