सुचना, समाचार र मनोरन्जन

शोभाको नेतृत्वमा पोखरा उद्योग वाणिज्य सङ्घ, यस्तो छ सम्पूर्ण निर्वाचन परिणाम

पोखरा,

पोखरा उद्योग वाणिज्य सङ्घले नयाँ नेतृत्व पाएको छ। सोमबार साँझ सार्वजनिक निर्वाचन परिणामअनुसार शोभा गौतम ७ सय ५१ मत प्राप्त गर्दै सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७ सय ६० मत प्राप्त गर्नुभयो।

त्यस्तै, महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मत प्राप्त गर्दै विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी तारानाथ ढुङ्गानाले १ हजार ४२ मत प्राप्त गर्नुभयो।

उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ मतसहित निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गर्नुभयो। वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी भीम गौतमले ९ सय १९ मत प्राप्त गर्नुभयो।

कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७ सय ७७ मत प्राप्त गर्नुभयो।

उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित विजयी हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६ सय ५८ र अर्का प्रतिस्पर्धी रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गर्नुभयो।

खुला सदस्यतर्फ १० पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो। सर्वाधिक मत प्राप्त गर्दै दुर्गा बराल १ हजार ७ सय ४८ मतसहित निर्वाचित हुनुभयो। त्यसैगरी अमृत पोखरेल १ हजार ७ सय ३१, निर्मला चापागाईं १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ७६, दिलीपकुमार श्रेष्ठ १ हजार ४ सय ४७, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ र कमलबहादुर सुनार १ हजार ४ सय २४ मतसहित निर्वाचित हुनुभयो।

निर्वाचनमा उम्मेदवारी दिनुभएका नवीन नापित र हरिप्रसाद अधिकारीले समान १ हजार ३ सय ४३ मत प्राप्त गर्नुभयो भने सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गर्नुभयो।

अध्यक्ष पदमा शोभा गौतमको निर्वाचितसँगै पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा महिला प्रतिनिधित्व स्थापित भएको छ। यससँगै सङ्घको नेतृत्व इतिहासमा नयाँ अध्याय थपिएको छ।

Leave A Reply

Your email address will not be published.