Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- टेवान पोखराको तीज महोत्सव स्थगित, बाढीपिडितको राहतमा रकम छुट्याइयो
- विषम परिस्थितिका कारण पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता सर्यो, असोज २४ मा हुने
- सृजना स्कुलद्वारा बाढीपीडितका लागि ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग
- मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
- देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
- किम्रुङ खोलाको बहाब खुल्यो, साविककै अवस्थामा बग्न थाल्यो
- आज मिति २०८३ भदौ २४ गते बुधबारको राशिफल हेर्नुहोस
- विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
मुस्ताङ,
भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व सङ्कलन भएको छ ।
रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुुडालले जानकारी दिनुभयो ।
दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरलानाकाबाट भित्रिएको छ ।
भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व सङ्कलन भएको छ ।
आव २०८२÷८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।