
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पल शाह,मलिका महत अभिनित फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टरमा झल्कियो कारुणिक कथा
- ‘बेहुली’ दोस्रो हप्तामा सुखद प्रवेशः अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरुमा पनि रिलिज
- खेम र टेरियालाई लिएर ‘बसन्ती’ निर्माण गर्दै नारायण रायमाझी, शनिबारदेखि छायांकन
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगरको ‘जलाकी’: सोनम र उपासनाको प्रेमदेखि प्राकृतिक सुन्दरतासम्म
- काजीको हातमा ब्याट: अधुरो कथा पूरा गर्न कार्तिक ६ मा आउँदै ‘कबड्डी ५’
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम
- लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप
काठमाडौँ,
बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन९ओसिभी०’ अभियान तीव्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले मुखबाट दिइने हैजाविरुद्धको खोप पाएका हुन् । रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटको बिदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा टिटानस(डिफ्थेरिया ९टिडी० खोप पनि स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइते व्यक्तिलाई पनि खोप प्रदान भइरहेको छ । रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको बिदुर नगरपालिकामा ११३ जनाले टिटी खोप लगाएका प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनकाअनुसार बाढीपछि शङ्कास्पद दादुराका आठ वटा रिपोर्ट रहेकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ भने एउटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये रसुवाका छ र नुवाकोटका दुई वटा नमुना छन् ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाको प्रमुख डा अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार रसुवा र नुवाकोटमा दादुरा रोग विरूद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ भने धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा ‘ओसिभी’ खोप अभियानका लागि पनि तयारी भइरहेको छ ।