Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व मुटु दिवसमा कलाकार र डाक्टरहरूबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता
- भव्यतापूर्वक मनाइयो गीतकार सङ्घको वार्षिकोत्सव,निर शाह सहित ६ जनालाई सम्मान र पुरस्कार
- सुशील र न्यान्सी अभिनित ‘अक्षरा’ शुक्रबार रिलिज हुँदै, उग्रसेन र सुग्रसेनको लगानी
- मंसिर १७ मा आउँदै रेखा र पूजाको ‘छत्तीसको आँकडा’, निरुताको जन्मदिनमा घोषणा
- सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि गान्तोकमा नेपथ्यको कन्सर्ट, चिफ पेट्रोनमा सञ्जित खरेल
- विजय बरालको अनौठो लुक्ससहित पोस्टर रिलिज गर्दै चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा
- पल, मलिका र आकाशको ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ धमाकेदार नृत्य
- हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु
- यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु
- दशैँ महोत्सव सफल बनाउन पोखराका पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता
मौसम सुधार भएसँगै नेपाल–भारत आवागमन सहज
महेन्द्रनगर,
कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिनुभयो । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।
भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिनुभयो ।
“वर्षाका कारण काठमाडौँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो”, अध्यक्ष भट्टले भन्नुभयो, “मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।”