
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन
- हङकङमा ‘आ बाट आमा २’ टिमलाई भव्य सम्मान: टिजर र गीत दुवैले कटाए ५० लाख भ्युज
- पहिलो दिन ६ लाख कमाएको ‘बाः एक योद्धा’को कलेक्सन एक करोड ११ लाख, दोस्रो सातामा प्रवेश
- जैविक मलको प्रयोग बढाउनुपर्छः मन्त्री चौधरी
- ‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य
- प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो
- प्रतिनिधि सभाको दोस्रो अधिवेशन १४५ दिनपछि समापन, १२ वटा विधेयक पारित
- प्रिती आले र कस्तुप पन्तको ‘मनमा पिर भएनी नाँचिन्छ’ सार्वजनिक
- ‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
- काठमाडौँको नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना
कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित: मन्त्री चौधरी
काठमाडौँ,
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उद्योग र बजारसँग जोड्दै उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताउनुभएको छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उहाँले रासायनिक मलको तत्कालीन व्यवस्थापनसँगै प्राङ्गारिक तथा जैविक मल प्रवर्द्धनका लागि आवश्यक कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले रासायनिक मलको आपूर्ति अन्तरराष्ट्रिय बजारमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालमा समेत असर पर्ने बताउनुभयो । यस वर्षका लागि उपलब्ध रासायनिक मललाई व्यवस्थित गर्ने र आगामी दिनमा उद्योग स्थापना तथा स्वदेशमै उत्पादनको सम्भावनालाई अघि बढाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।
मन्त्री चौधरीले कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने, वन क्षेत्रलाई उद्योगसँ आबद्ध गर्ने तथा काठको वैज्ञानिक उत्पादन र प्रवर्द्धन गर्ने भन्ने विषयमा सम्बन्धित निकाय तथा संयुक्त राष्ट्रसङ्घीय निकायसँग समेत छलफल भइरहेको बताउनुभयो ।
काठ उत्पादनका लागि ‘काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख गर्दै मन्त्री चौधरीले ती विषयलाई सम्बन्धित ऐनमा समेट्ने गरी काम भइरहेको स्पष्ट पार्नुभयो ।

मल व्यवस्थापनमा चुनौती: सचिव मिश्र
सो अवसरमा मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले माग अनुसारको आपूर्ति नहुँदा रासायनिक मल व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो ।
उहाँले रासायनिक तथा प्राङ्गारिक मलको आपूर्ति र वितरण प्रणालीमा सुधारका लागि विभिन्न कार्यक्रम अघि बढाइको जानकारी दिनुभयो ।
रासायनिक मलको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै सचिव मिश्रले भन्नुभयो, “हामीलाई करिब आठदेखि साढे आठ लाख टन मल आवश्यक पर्छ, अहिले पाँचदेखि साढे पाँच लाख टनको हाराहारीमा मात्रै आपूर्ति भएको छ ।”
उहाँले रासायनिक मल वितरण प्रणालीलाई भरपर्दो र सन्तुलित तुल्याउन स्थानीय तहसम्म अनुगमन चुस्त बनाइएको जानकारी दिनुभयो । सचिव मिश्रले मल वितरण प्रणालीमा देखिएका कमजोरी सुधारका लागि मन्त्रालय निरन्तर प्रयासरत रहेको बताउनुभयो ।