पोखरा :

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य मनोनित भएका छन्। मनोनित हुनेमा साजन गिफ्ट एण्ड किचन कर्नरका प्रोपाइटर डिल्लीराज सुवेदी तथा थापा सप्लायर्सका प्रोप्राइटर तुलबहादुर थापा रहेका छन्।
अध्यक्ष शोभा गौतमले संघको विधान २०६५( पहिलो संशोधन) २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गर्दै दुवैलाई कार्यसमितिमा मनोनित गरेकी हुन्। सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनित गर्ने अधिकार दिएको छ। मनोनित दुवै सदस्यले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्।