सुचना, समाचार र मनोरन्जन

‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य

काठमाडौं :

चलचित्र ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ। ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ। सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ।

प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ। प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको मनको भाव छ। मनका कुरा सुटुक्क राख्दै जीवन एकअर्कालाई समर्पित गरेको प्रसंग गीतमा उल्लेख छ। वैंशालु जोडीमा रहेको मायाको भोक आँखाले नै व्यक्त गरेको सन्दर्भलाई गीतले खोल्ने प्रयास गरेको छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन्। उनीहरूको आकर्षक नृत्य छ। विजयको नृत्य पनि अञ्जनसँगै आकर्षक देखिएको छ।

Pach Pandav

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन्। यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन्। उनीहरुको यो दोस्रो सहकार्य हो। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक,कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम,राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन्। यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ। मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। विग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।

Leave A Reply

Your email address will not be published.