सुचना, समाचार र मनोरन्जन

तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

काठमाडौं :

तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत,सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने संकेत गरेको छ।

Pach Pandav

आगामी पुस २४ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन्। गीतकार समेत रहेकी उनको यो पहिलो चलचित्र निर्देशन हो। पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन्। चलचित्रको संगीत सुमन केसी र किरण कँडेलले दिएका छन्।

त्यस्तै, छायांकन बिनोद बल, ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशक इलियास शेख, सहायक निर्देशक अनुजा अधिकारी, प्रोडक्सन म्यानेजर मनिष डीके र सुवास राई रहेका छन्। चलचित्रको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन्।

पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’मा राजीव समरको कोरियोग्राफी, राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ। प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेको छ। चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन्। चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।

Leave A Reply

Your email address will not be published.