सुचना, समाचार र मनोरन्जन

सोनम र उपासना अभिनित ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौँ :

खुस्मा फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमा ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुलेको छ । देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल ब्युएफएक्स चेन, आइएनआइ सिनेमाज,वान सिनेमाजलगायतले आज बुधबार देखि नै सिनेमाको बुकिङ खुलाएका हुन्। क्युएफएक्सले प्रारम्भिकमा उपत्यका र उपत्यका बाहिर गरी २७ सो दिएको छ। अन्य हलले भने बुकिङ खुलाउन बाँकी छ।

Pach Pandav

सिनेमाले मंगलबार चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बोर्डबाट पनि युनिभर्सल सर्टिफिकेट पाएको छ। सेन्सरका सदस्यहरूले पनि सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक मगरले बताएका छन्। सिनेमाले टिजर, ट्रेलर र गीतमार्फत आम दर्शकको मन जितेको छ । प्रचार सामग्रीले जस्तै सिनेमाले पनि उत्तिकै साथ पाउनेमा निर्देशक मगरको विश्वास छ।निर्देशक अशोक थापा मगरको यो दोस्रो सिनेमो हो । यसअघि उनले ‘खुस्मा’निर्देशन गरेका थिए।

सिनेमामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्। उनीहरूसँगै सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

Leave A Reply

Your email address will not be published.