सुचना, समाचार र मनोरन्जन

‘सिन्दुरे जात्रा’को टिजरमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेबीच प्रेम, खुसी, धोका र पीडा

काठमाडौं :

चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो। टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन्। टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ।

मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ। त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ। उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ।प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ। गाउँको सेटअपले धेरैलाई नोस्टाल्जिया सिर्जना गर्छ।

Pach Pandav

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन्। यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन्। उनीहरुको यो दोस्रो सहकार्य हो। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्।

सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन्।दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन्। यस चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ। मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ। चलचित्रको थिएटर पार्टनरका रूपमा विग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।

Leave A Reply

Your email address will not be published.