सुचना, समाचार र मनोरन्जन

एपेक बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे

काठमाडौं,

Pach Pandav

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३३औं एसिया प्रशान्त आर्थिक सहयोग ९एपेक० अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुन चीनको शेन्जेनस्थित अन्तर्राष्ट्रिय सञ्चार केन्द्र पुगेका छन् ।

ट्रम्प बिहीबार बिहान दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्जेन शहरमा रहेको बैठकस्थल पुगेका हुन् । उनी बैठकमा सहभागी हुन बुधबार नै शेन्जेन पुगेका थिए । बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन हुने बैठकमा एसिया प्रशान्त क्षेत्रका सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । एपेक बैठकमा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा आर्थिक विकासका विषयमा छलफल हुने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.