काठमाडौँ,
मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार मसान्तसम्मको तुलनामा सञ्चिति रुपैयाँमा ६.८ प्रतिशत बढेको हो भने अमेरिकी डलरमा ८.२ प्रतिशत बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ ।
२०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८३÷८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९।९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।