सुचना, समाचार र मनोरन्जन

विराज भट्ट र समिरले भने,‘कुनै फिल्ममा अनुबन्ध भएका छैनौ,हल्लाको पछि नलाग्न आग्रह गर्दछौँ’

काठमाडौँ :

अभिनेता तथा निर्देशक विराज भट्ट र समिर भट्टले नयाँ फिल्ममा काम गर्न लागेको भन्ने हल्ला चलेपछि हल्लाको पछि नलाग्न आग्रह गरिएको छ। विराज भट्ट फिल्मस् प्रालीले बिहिबार एक विज्ञप्ती जारी गर्दै उक्त भनाई सार्वजनिक गरेको हो।

Pach Pandav

साथै फिल्मका लागि आफुहरुले हालसम्म कुनै व्यक्ति वा संस्थासँग औपचारिक बैठक, छलफल वा सहमति नभएको स्पष्ट पारेका छन्।
विज्ञप्तीमा भनिएको छ,‘यसबीच समीर भट्ट र बिराज भट्टको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित अतिरञ्जित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ। सम्बन्धित व्यक्तिसँग कुनै जानकारी वा पुष्टि नगरी यस्ता समाचार सम्प्रेषण नगर्न तथा समाचार प्रकाशन र प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्र सामग्री सार्वजनिक गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई हार्दिक अनुरोध गर्दछौँ।’

हालै यो निर्माण टिमले फिल्म ‘१२ गाउँ २’प्रदर्शनमा ल्याएको थियो। गत अशोज ३० गतेबाट प्रदर्शनमा आएको यो फिल्मले व्यापारिक हिसावमा कमजोर बनेपछि हलबाट उत्रिसकेको छ।

साथै निर्माण टिमले सोही विज्ञप्तीमार्फत आफ्नो फिल्म ‘१२ गाउँ २’ छिट्टै विभिन्न देशहरूमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिएको छ। विज्ञप्तीको अन्तमा भनिएको छ,‘सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवार पत्रकारिताका लागि सम्पूर्ण सञ्चारमाध्यमप्रति हार्दिक आग्रह छ।’
केहि मिडियाकर्मीहरुले सम्बन्धित मान्छेहरुलाई जानकारी नै नदिइकन,फिल्ममा अनुबन्ध भएको हल्ला चलाएपछि बुझेर मात्र समाचार लेख्न विज्ञप्तीमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.