पोखरा,
पोखराको पृथ्वीचोकस्थित पोखरा मलको पहिलो तलामा अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकसहित बराल डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।
करिब ७० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको क्लिनिकमा दाँत तथा मुखसम्बन्धी (ओरल हेल्थ) विभिन्न समस्याको उपचारका लागि आवश्यक आधुनिक उपकरण र सेवा उपलब्ध गराइएको सञ्चालक अमृत बरालले जानकारी दिनुभयो ।


क्लिनिकमा अनुभवी १० जना चिकित्सकको टोलीमार्फत दाँत तथा मुखसम्बन्धी विभिन्न रोगको परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिने जनाइएको छ । आधुनिक प्रविधि र दक्ष चिकित्सकको संयोजनमा गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक बरालले बताउनुभयो ।
क्लिनिक सञ्चालनको सुरुवाती एक महिनासम्म सेवाग्राहीलाई सबै सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सञ्चालक बरालले अत्याधुनिक उपकरण र अनुभवी चिकित्सकबाट सेवा प्रदान गरिने भएकाले ढुक्क भएर सेवा लिन सबैलाई आग्रह गर्नुभएको छ ।
बराल डेन्टल क्लिनिकका सञ्चालक अमृत बराल र समीप बराल रहनुभएको छ । थप जानकारी तथा सम्पर्कका लागि ९८५६०३०९०१ र ९८४६०३२४४२ मा सम्पर्क गर्न सकिने क्लिनिकले जनाएको छ ।
