काठमाडौ :
नेपाली फिल्म ‘एक्का–३’ काे ललितपुरस्थित कार्यविनायक मन्दिरमा बिहीबार शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तसँगै निर्माण टिमले फिल्मको औपचारिक निर्माण यात्रा सुरु गरेको छ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन्। फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा देखिने भएका छन्। त्यस्तै, यसै फिल्मबाट आयशा तामाङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । मुहर्तमा कलाकारहरू पुजा र कवितामात्र उपस्थित थिए । निर्देशक तामाङका अनुसार फिल्मकाे छायांकन मंसिर २५ गतेबाट सुरू हुनेछ ।

रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ फिल्मका निर्माता हुन् भने राजु श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ, कविता नेपाली र आयशा तामाङसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ,गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल,दीक्षेन तामाङ र जयलाल दंगीलगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने लेखन सुमन गजमेरको रहेको छ। त्यस्तै, फिल्ममा अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत रहनेछ। सम्पादन तथा ट्रेलरको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन्। एक्सन निर्देशन राजु किरतले गर्नेछन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी रबिन बानियाँले सम्हाल्नेछन्।