सुचना, समाचार र मनोरन्जन

नेपाल ए ले क्यानडा–११ विरुद्धको दोस्रो खेलमा टस जित्यो

काठमाडौँ :

नेपाल ए ले क्यानडा–११ विरुद्धको दोस्रो खेलमा टस जितेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल ए टिमका लागि आजको खेलमा कप्तानी गरिरहेका सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै मुलपानी क्रिकेट मैदानमा हुने यस खेलमा क्यानडा– ११ ले पहिला ब्याटिंग गर्ने भएको छ ।

सोमबारको खेलमा कप्तान विनोद भण्डारीको ठाउमा सन्दीप जोराले कप्तानी गर्दैछन । भण्डारी विरामी भएका कारण जोरालाई आज कप्तानीको जिम्मेवारी पाएका हुन्। सोही खेलमा विनोद भण्डारी र प्रतिस जिसीको ठाउमा शेर मल्ल र रिजन ढकाललाई टिममा समावेश गरिएको छ ।

यस अघि आइतबार सम्पन्न पहिलो खेलमा क्यानडा–११ ४ विकेटले विजयी भएको थियो । नेपालको प्लेइङ– ११ः सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल रहेका छन्।

Leave A Reply

Your email address will not be published.