सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार

काठमाडौं :

नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्द सत्रको कार्यक्रम बहिस्कार गरेका हुन्।

sfal

बहिस्कार गर्ने संस्थाहरुमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियन रहेका छन्। आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेको बताएका छन्।

उनीहरुले पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको आरोप लगाएका छन्। संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएकोमा निर्णय भन्दा बाहिर गएको उनीहरुको भनाई छ।

Leave A Reply

Your email address will not be published.