सुचना, समाचार र मनोरन्जन

फिल्म ‘काँडेतार’लाई दर्शकले यस कारण पनि हेर्नुपर्ने हुन्छ

काठमाडौँ :

नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाइसकेका अभिनेता,निर्माता तथा निर्देशक हुन् नवल खड्का। नेपाली दर्शकले उनलाई देशभक्ती फिल्मका अभिनेताका रुपमा चिन्ने गरेका छन्। उनका अधिकांश फिल्महरु देशप्रति समर्पित रहेका छन्।

उनका फिल्ममा राष्ट्रियता र राष्ट्रलाई विदेशीबाट बचाउने खाल्का राष्ट्रभावहरु समेटिएका हुन्छन्। देश बचाउनुपर्छ भन्ने खाल्का फिल्ममा उनी आफ्ना खल्तीबाट करोडौ रकम खर्चिएर फिल्म निर्माणमा जुट्छन् । तर साथ भने राज्यको तर्फबाट भने कमैको पाउने गरेका छन्।

यहि राष्ट्रभावले ओतप्रोत भएको फिल्म ‘काँतेतार’ प्रदर्शनको तयारीमा रहेको छ। यहि २५ गते नेपालभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘काँडेतार’ पनि राष्ट्रवादी फिल्म हो। यसले देशको सिमानामा काँडेतार लगाएर देशको सिमा बचाउने अभिनयन गरेको पाइन्छ। खुल्ला सिमानामा तारबेर लगाएर नेपालको भुभाग जोगाउनुपर्ने सन्देश दिएको फिल्मलाई लिएर उनी देश दौडाहामा लागेका छन्। उनले नेपालमा नै आफुले राज्यबाट फिल्म प्रदर्शनमा अवरोध भएको र हरेक नागरिकले साथ दिन आग्रह गरेका छन्।

उनी भन्छन,‘काँडेतार’ प्रदर्शनले सबैमा राष्ट्रियताको जागर गर्ने फिल्म हो।’

उनले मंगलबार काठमाडाँैमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको रिलिजसँगै सीमा काँडेतार महाअभियानको समेत थालनी गरिसकेका छन्। उनले फिल्मको टिकटबाट उठेको २५ प्रतिशत सिमानामा काँडेतार लगाउनका लागि छुट्याउने समेत उद्घोष गरेका छन्।

उनले भनेका छन्,‘मैले काँडेतार राष्ट्रका लागि र राष्ट्रिय भावनाले बनाएको फिल्म हो । मेरो यो राष्ट्रियताको भावनाले ओतप्रोत फिल्मसँग जुध्न फिल्म ल्याइएको छ । त्यो कसैबाट सञ्चालित छ ।’

उनको यो फिल्मसँगै अन्य फिल्म पनि जुधेको हुनाले नवल अलिक आक्रोशित देखिए। उनले आफ्नो फिल्म रिलिजका लागि चलचित्र विकास बोर्डले असहयोग गरेको भन्दै बोर्डको खारेजीको माग समेत गरे।

उनले अगाडि भने,‘म मात्रै यो देशलाई माया गर्ने देशभक्ती फिल्म बनाउने मान्छे हुँ । हिजोका दिनमा दशगजा,भिमदत्त,आवाज लगायत फिल्म निरन्तर निर्माण गर्ने मान्छे हो। एकचोटी फिल्म बनाएर आएको पनि होइन।’

उनले नेपाली आफुले देशभक्ती फिल्म निर्माण गर्दा ज्यानमार्ने धम्की समेत आउने गरेको खुलासा गरे। आफुलाई हप्की र धप्की आइरहेको र ज्यान बचाउन गा¥हो भइरहेको समेत बताए।

फिल्मकी निर्मात्री तथा गायिका सत्यकला राईले पनि फिल्म देश भक्ती भएको हुनाले सबैले साथ दिन आग्रह गरिन् । परिचयसँगको कुराकानीमा उनले आफुले एक वर्ष अघि नै प्रदर्शन मिति तोकेको थियो। तर, अरु निमार्णकर्ताले यसैमा फिल्म जुधाएको हुनाले आफुलाई दुख लागेको बताईन्।
उनले भनिन्,‘आफुहरुले एक वर्ष अघि नै फिल्मको प्रदर्शन मिति तोकेको थियो। तर त्यहि मितिमा फिल्म जुधाउन ल्याएको हुनाले नरमाइलो लाग्यो।’

फिल्म प्रदर्शनमा अवरोध भए जे हुन्छ लडेर भएपनि नेपाली दर्शकमाझ काँडेतार देखाएरै छोड्ने मुडमा निर्माता छिन्। उनी सानोतिनो अवरोधमा समेत नडराउने उनको भनाई छ। परिचयसँगको सम्वादमा उनले हरेक दशभक्ती नागरिक हेर्ने पर्ने फिल्म बनेको बताईन्।
उनले आफ्नो फिल्मलाई च्यारिटी शो गर्दा समेत तराईका केहि हलवाला र मेयरले समेत रोकेको दुखेसो पोखिन्।

उनले भनिन्,‘हाम्रो फिल्मलाई जनकपुरको हलमा त्यहाँका सिडियोको आदेशमा च्यारिटी शोमा रोक लगाइयो। विरजंगमा पनि त्यस्तै भयो।’
भारत विरोधी फिल्म बनेपछि त्यहाँका नेपालीहरुले नै फिल्म चलाउन नमानेको उनको देखेसो थियो।

फरकधारका फिल्म बन्दा उनलाई नेपाली दर्शक र राज्य नै नै प्रोत्साहन गर्नुपर्ने हो। तर,आफुलाई सरकारबाट कुनै सहयोग नपाएको खड्का बताउँछन्। हिन्दी तथा विदेशी फिल्ममा रमाउन थालेका नेपाली दर्शकलाई यो फिल्मले पक्कै फरक स्वाद पस्किन्छ भनेर अनुमान लगाउन सकिन्छ। फिल्मको ट्रेलरले नै दर्शकको साथ र प्रशंसा पाइरहेको काँडेतारले हलमा पनि राम्रै दर्शक बटुल्न सक्ने देखिन्छ।

फिल्म ‘काँडेतार’ फागुन २५ गतेबाट प्रदर्शनको डेट तोकेर बसेका नवललाई दुईवटा फिल्मसँग जुध्दा पनि कुनै गाह्रो देखिदैन । किनभने तीन वटै फिल्म फरक फरक जनरा र स्वादमा बनेका छन्। एक्सन जनरामा बनेको काँडेतारको आफ्नै हाइप रहेको छ। त्यस कारण पनि यो फिल्म चल्नुपर्ने हुन्छ।

Leave A Reply

Your email address will not be published.