सुचना, समाचार र मनोरन्जन

आँचल शर्माले मुलपानीको रोएल पार्टी प्यालेसमा कुटिन् भिलेन,मच्चियो बबाल

काठमाडौं :

बिहिबार मूलपानी क्रिकेट ग्राउन्डको अपोजिटमा रहेको रोएल प्यालेसमा अभिनेत्री आँचल शर्माले भिलेनलाई कुटेकी छन्। उनीसँग भिड्न आएपछि आँचलले पाँच इन्चको हिल जुत्ता सहित घुमि घुमि किक हानेकी छन्। त्यहाँ उनले सहकर्मी विवेक सहित मिलेर कुटेकी हुन्।

खास कुरा के हो भने सहसाथी विवेकसँग फाइट गरेपछि उनीहरुसँग भिड्न थालेपछि आँचलमाथि जाइलागेका थिए। त्यसको प्रतिकारमा आँचलले उनीहरुसँग जमेरै फाइट गरेकी हुन्।

उनले यो रियल लाइफमा भन्दा पनि फिल्मको एक दृश्यका लागि फाइट गरेकी हुन्। एक्सनको दृश्यको कोरियोग्राफी गरिरहेका निर्देशक हिमाल केसी र छायांकार सुदिप बरालले आँचल र विवेक फाइटिङ सिन फिल्म ‘वर एण्ड बधु’को लागि लिएका हुन्। लभस्टोरी तथा गाउँले भुमिकामा अभिनय गर्दै आएकी आँचल शर्माले छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधु’मा एक्सन लेडिको रुपमा अभिनय गरेकी छन्। उनले नव–नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएकी हुन्।

द्धन्द्ध निर्देशक हिमाल केसीले भने,‘आँचल शर्माको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन्।’

भकाभक भिलेनलाई कुटेकी शर्माले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको बताइन् ।

उनले पत्रकारसँग कुराकानी गर्दै भनिन्,‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु।’

उनले थपिन्,‘म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ ।’

रोमानियामा पछि दोस्रो चरणको छायांकन गरिरहेका निर्देशक मिलन चाम्सका अनुसार अब एक सातामा फिल्मको सुटिङ सकिने छ। निर्देशकका अनुसार फिल्मका दुई वटा गीतको छायांकन बाँकी रहेको छ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

Leave A Reply

Your email address will not be published.