सुचना, समाचार र मनोरन्जन

भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब यु ट्युवमा

काठमाडौं :

केहि महिनाअघि प्रदर्शनमा आएको फिल्म ‘अचार्य’ युटुबमा आएको छ। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ युटुबमा आएको हो।

अब यो फिल्म संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन्। बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ। ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो।

लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन्। १३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो।

२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ। यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन्। फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ।

यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो।

Leave A Reply

Your email address will not be published.