सुचना, समाचार र मनोरन्जन

आकाश र करुणा अभिनित रमन धिमालको ‘न्यानो स्पर्श

काठमाडौँ  :

गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ। आर बी खड्काको शब्दरचना र सुवास सेंचुरीको संगीत रहेको गीतमा ‘भ्यालेन्टाइन डे’को अवसर पारेर शुकबार सार्वजनिक गरिएको हो।

पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ र पेज थापाको अभिनय रहेको  म्युजिक भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन् । पहिलो पहिलो प्रेममा परिरहेको बेला मन खेलिरहेको भावनालाई भिडियोमा   देखाइएको छ ।

बुद्ध थापाको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई गायक धिमालको अफिसियल युट्युब च्यानल रमन धिमाल ( Raman Dhimal ) मार्फत सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.